घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


१४ माघ २०७७, बुधबार
gold

काठमाडौं, १४ माघ । नेपाली बजारमा आज (बुधबार) सुन भाउ ओरालो लागेको छ । हिजो (मंगलबार) तोलाको ९२ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको भाउ बुधबार एकै दिन ७ सय रुपैयाँले घटेर ९२ हजार एक सय रुपैयाँमा झरेको हो ।

तेजाबी सुनको मूल्य पनि आज तोलामा ७ सय रुपैयाँले नै घटेर ९१ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले घटेर १२ सय ५० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ९६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ५३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ७१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७