सरकारले माग्यो ४७ हजार कर्मचारी (सूचनासहित)


१४ माघ २०७७, बुधबार
tathyanka rUeRv6VDoW

काठमाडौं, १४ माघ । सरकारले करार सेवामा ४७ हजार कर्मचारी माग गरेको छ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना कार्यक्रम अन्तर्गत राष्ट्रिय जनगणना, २०७८ मा तथ्यांक संकलन तथा सुपरीवेक्षण गर्ने कार्यका लागि सो संख्यामा कर्मचारी माग गरेको हो ।

विभागले ६० दिनभित्र दरखास्त पेश गर्न बुधबार जारी गरेको सूचनामार्फत अनुरोध गरेको छ । विभागका अनुसार सुपरीवेक्षक ८ हजार जना माग भएको छ भने गणक ३९ हजार माग गरिएको छ । आवेदन दिनेमध्येबाट निश्चित मापदण्डको आधारमा सर्टलिस्ट गरिने सूचनामा उल्लेख छ ।
हेर्नुस् सूचना

t 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७