नेपालमा कोरोना खोप अभियानको शुभारम्भ {भिडियो}


१४ माघ २०७७, बुधबार
corona khop 15 scaled

काठमाडौं, १४ माघ । सरकारले कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार भिडियो कन्फरेन्समार्फत खोप अभियानको उद्घाटन गरेकाे हो । उनले शुभारम्भ गरेसँगै सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिन सुरु गरिएको छ ।

शुभारम्भ कार्यक्रममा प्रधानमनत्री ओलीले कोरोना भाइरसविरुद्धको खोप सबैको पहुँचमा हुनुपर्ने बताउनुभयो । कोरोनाविरुद्धको खोप नाफा कमाउने र व्यापारको विषय हुनु नहुने भन्दै उहाले गरिब धनी सबै देशको पहुँचमा हुने बताउनुभयो । कोरोना भाइरस विश्व अर्थतन्त्र र सिंगो मानव जातिविरुद्ध भएकाले खोपको उपलब्धता पनि सबैको पहुँचमा हुनुपर्ने प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले सबै नेपाली नागरिकलाई प्राथमिकताका आधारमा कोरोना खोप निःशुल्क उपलब्ध गराइने पनि उल्लेख गरे । उनले खोप अभियान र कोरोना भाइरस रोकथाम र नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवीलगायतलाई पनि धन्यवाद दिदै कोरोनाविरुद्धको खोप अभियानमा सिंगो राष्ट्र नै एकजुट भएर लागेको बताए ।

कार्यक्रममा स्वास्थ्यमन्त्री ह्दयेश त्रिपाठीले प्रथम चरण सुरु भएको दशदिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनुभयो । पहिला चरणको खोपको प्रभावकारीता हेरेर अन्य वर्गहरुलाई खोप लगाउने कामको सुरुवात हुने जिकिर गरे ।

नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएको एक वर्षपछि नेपालीले खोप लगाउन पाएका हुन् । भारत सरकारको अनुदानमा यही माघ ८ गते १० लाख मात्रा उक्त खोप नेपाल आएको हो । कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एक्ट्राजेनिका नामक औषधि उत्पादक कम्पनीले संयुक्तरूपमा विकास गरेका हुन् । भारतको सेरम इन्स्टिच्युटले खोप उत्पादन गरेको हो ।

  • corona khop 10
  • corona khop 13
  • corona khop 12
  • corona khop 9
  • corona khop 8
  • corona khop 7
  • corona khop 6
  • corona khop 5
  • corona khop 4
  • corona khop 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७