आइएमइ र यूनिमोनीबीच विद्युतिय माध्यमबाट रेमिट्यान्स सेवा विस्तार गर्नेसम्बन्धि सम्झौता


१४ माघ २०७७, बुधबार
नेमोनिक 1

काठमाडौं, १४ माघ। यूनिमोनी कतार, आइएमइ लिमिटेड र आइएमइ लिमिटेडको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमइ पेबीच पीटुपी मनी ट्रान्सफरको लागि समझदारी गरेको छ।

समझदारीपछि यूनिमोनी कतार मार्फत रेमिट्यान्स गर्ने नेपालीले सिधैं प्रापकको आइएमइ पे वालेटमा रकम प्राप्त गर्न सक्नेछन्। यो सम्झौतासँगै यूनीमोनी कतारबाट नेपालको आइएमइ पेमा सिधैं पैसा पठाउने पहिलो एक्सचेन्ज हुने बताइएको छ।

यस्तो समझदारी डिजिटल ट्रान्सफरमेसनमा दुवै कम्पनीका लागि अर्को महत्त्वपूर्ण फड्को हुने विश्वास लिइएको छ। यसबाट कतारमा रहेका आफ्ना सेवाग्राहीहरूलाई डिजिटल प्लेटफर्ममा जोडिने अवसर प्रदान गरेको छ।

उक्त अवसरले सेवाग्राहीहरूलाई यूनिमोनी कतारबाट पठाएको रेमिट्यान्स नेपाल स्थित आइएमई पेमा सोझै प्राप्त गर्न सकिने नयाँ सुविधा प्रदान गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७