लोकतान्त्रिक फोरम र नयाँ शक्तिका प्रदेश संयोजक संघीय फोरममा प्रवेश


२४ आश्विन २०७४, मंगलवार
स ंघीय समाजवाद

काठमाडौं: नयाँ शक्ति नेपाल र लोकतान्त्रिक फोरमका प्रदेश नं २ का संयोजक संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् । नयाँ शक्तिका संयोजक डा.सुरेन्द्र यादव र नेपाल लोकतान्त्रिक फोरमका संयोजक उमाशंकर अरगरियासहित संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन्।स ंघीय समाजवाद

यी दुवै पार्टीका नेतालाई संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पार्टी कार्यालय तिनकुनेमा छुट्टाछुट्टै कार्यक्रममा प्रवेश गराएका हुन्। लोकतान्त्रिक फोरमबाट संयोजक अरगरियासहित दुई दर्जनभन्दा बढी नेता कार्यकर्ताहरू संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकिशोर यादव र डा.सत्यनारायण सिंह पनि संघीय फोरममा प्रवेश गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७