दुबै प्रहरीको रासन भत्ता ५० प्रतिशत बढाउने तयारी


१५ माघ २०७७, बिहीबार
police

काठमाडौं, १५ माघ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले रासनभत्ता ५० प्रतिशत बढाउन सिफारिस गरेका छन् ।

पछिल्लो पाँच वर्षयता रासनभत्ता वृद्धि नभएकाले अहिलेको पाँच वर्षको हिसाब गरी एकमुष्ठ ५० प्रतिशत बढाउन दुई प्रहरी संगठनले गृह मन्त्रालयमा सिफारिस गरेका छन् । मन्त्रालयले सहसचिव थानेश्वर गौतमको अध्यक्षतामा एक समिति गठन गरी सुरक्षा निकायमा रासन भत्ता बढाउने तयारी गरिरहेको छ ।

यही माघदेखि नै लागु हुने गरी रासनभत्ता बढाउन गृहकार्य भइरहेको छ । २०७२ को माघयता रासनभत्ता वृद्धि हुन सकेको छैन । रासनभत्ता वृद्धिका लागि दुवै प्रहरीबाट प्रस्ताव आएको तर निर्णय भइनसकेको सहसचिव गौतमले बताए । ‘रासनभत्ता कति बढाउने भन्ने छलफलमै छ’, उनले भने, ‘केही दिनभित्रै यसलाई टुंग्याउनेछौ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७