अस्ट्रेलियामा फेरि एक नेपालीको पौडी खेल्दै गर्दा डुबेर मृत्यु


१५ माघ २०७७, बिहीबार
Dubera bepatta
सांकेतिक तस्विर

काठमाडौं, १५ माघ । अस्ट्रेलियामा फेरि एक नेपालीको पौडी खेल्दै गर्दा डुबेर मृत्यु भएको छ । ब्रिसबेनस्थित सनसाइनकोस्टमा पर्वत जिल्लामा घर भएका ४० वर्षका एक पुरुषको मृत्यु भएको गैरआवासीय नेपाली संघ क्विन्सल्यान्डले जानकारी दिएको छ ।

उनी डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया पुगेका थिए । पौडी खेल्ने क्रममा गार्डेनर्स झरनाको तलाउमा यसै हप्ताको मंगलबार साँझ उनको डुबेर मृत्यु भएको हो ।

यसअघि यसै महिनाको पहिलो हप्ता अस्ट्रेलियाको सिड्नीमा पौडी खेल्ने क्रममा डुबेर नेपालका सचेत बिमलीको मृत्यु भएको थियो । जनवरी ४ मा रोयल नेसनल पार्कमा पौडी खेल्ने क्रममा २३ वर्षका बिमलीको मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७