मधेसको नाम देश–विदेशमा उँचो बनाउन १० वर्षदेखि नङ पाल्दै दिनेशसिंह


१५ माघ २०७७, बिहीबार
long Nail

जनकपुरधाम, १५ माघ । दिनेशसिंह यादवले लामा नङ पालेर विश्वमै देश र मधेशको नाम उच्च पार्ने धोको राखेका छन् । सो धोकोलाई साकार पार्न जनकपुरधाम उपमहानगरपालिका–१७ कनकपट्टीका उनी विगत १० वर्षदेखि नङ पाल्दै आइरहेका छन् ।

लामा नङ पाल्नेमा आफू नेपालमै पहिलो व्यक्ति भएको दाबी गर्ने उनको हातको औलाको नङ ७, ९ र १० इन्च गरी ४० इन्चको भइसकेको छ । विदेशमा काम गर्ने केही कनकपट्टीवासीले नङका बारेमा प्रचारप्रसार गर्दा केही युएसए र जापानवासीले उहाँलाई नङको संरक्षणका लागि आर्थिक सहयोग पनि गरिरहेका छन् ।

देश, प्रदेश र स्थनीय सरकारबाट कुनै पनि सहयोग प्राप्त नभएको यादवलाई नङ पालेर विश्व रेकर्ड कायम गर्नका लागि युएसए र जापानवासीले मासिक रु १५ हजार रकम सहयोग गरिरहेको छ । विदेशमा कार्य गर्ने गाउँवासीको प्रचारप्रसारका कारण चार वर्षअघि दुवै देश नागरिकले आफूसँग जनकपुरमा भेट गरी आर्थिकरूपले सहयोग गर्ने क्रम शुरू गरेको उनी बताउँछन् ।

जाडो याममा सिरक ओढ्ने क्रममा नङको रक्षामा समस्या हुने गरेको बताउँदै यादव भन्छन्, ‘देश र मधेशको नाम उच्च पार्न जस्तोसुकै समस्यासँग लड्न तयार छु ।’ स्थानीय सरस्वती माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत यादव विदेशी नागरिकले नङ संरक्षण र प्रवद्र्धनका लागि गरेको सहयोग रकमले नङको संरक्षण कार्यसँगै बचत पनि गरेका छन् ।

उनी भन्छन्, ‘नङ संरक्षणका लागि सहयोगीबाट प्राप्त रकममध्ये मासिक रु ५०० खर्च हुने गरेको र बाँकी रकम भविष्यलाई ध्यानमा राखी बैंक जम्मा गर्दा हाल रु चार लाख पुगेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७