बुटवलमा नेकपाको जनआन्दोलनको झल्को दिने प्रदर्शन (हेर्नुस् तस्विरहरु)


१५ माघ २०७७, बिहीबार
10 1

बुटवल, १५ माघ । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत नेकपाले आज (बुधबार) वुटवलमा आयोजना गरेको विरोध प्रदर्शन पार्टीका नेता–कार्यकर्ता तथा सर्वसाधरणको उल्लेख्य सहभागिता देखिएको छ ।

प्रतिनिधिसभा विघटनबाट बर्षौको संघर्ष र बलिदानीपछि प्राप्त राजनीतिक उपलब्धीहरु प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका कारण गुम्न लागेको कुरा बुझ्न थालेपछि अहिले नेकपाका सडक संघर्षका कार्यक्रमहरुमा जनसहभागिता बढ्दै जान थालेको छ । बुटवलमा आज आयोजित नेकपाको विरोधसभाको जनसहभागिताले जनआन्दोलनको झल्को दिएको बुटवलका स्थानीयले बताएका छन् ।

बुटवलमा आज आयोजित विरोधसभालाई सम्वोधन गर्न नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितका शीर्ष नेताहरु उपस्थित भएका छन् ।
उनीहरुसँगै नेताहरु घनश्याम भुसाल, वर्षमान पुन, युवराज ज्ञवाली, ओनसरी घर्ति, चक्रपाणी खनाल, ठाकुर गैरे लगायतका नेताहरु विरोध सभामा उपस्थित भएका छन् ।

सो सभालाई सम्बोधन गर्दै पूर्वसभामुख घर्तीले नेपाली महिलालाई अधिकार सम्पन्न गर्ने यो संविधानको रक्षाका लागि नेपाली महिलाहरु संघर्षको अग्रपंक्तिमा आउन आह्वान गरिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगबाट प्रतिनिधि सभाको विघटन गरी सो संविधानलाई असफल बनाउन लागेको हुँदा यसको रक्षार्थ सबैले संघर्ष गर्नुपर्ने बेला आएको उनले बताइन् । नेकपाले आउँदा माघ २८ गते काठमाडौंमा अहिलेसम्मकै विशाल विरोध प्रदर्शनको तयारी गरिरहेको छ ।

हेर्नुस् तस्विरहरु

1 3
2 1
3 1
4 2
5 1
6 1
7
8 1
9
10
11

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७