टि-१० लिगमा साेमपालकाे डेब्यु, मध्यम प्रदर्शन


१५ माघ २०७७, बिहीबार
sompal kami

काठमाडौं, १५ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामी टि१० लिगमा डेब्यु गरेका छन् । उनले लिगमा मराठा अरेबियन्स मार्फत प्रमुख तीव्र गतिको बलरको रुपमा डेब्यु गरेका हुन ।

शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर पहिला ब्याटिङ थालेको नर्दनले १० ओभरमा २ विकेट गुमाउँदै १ सय २७ रन बनायो । नर्थनका ओपनर लेन्डन सिमन्स ३१ बलमा ७ चौका र १ छक्का सहित ५४ रनमा अविजित रहे । त्यस्तै रोभमन पवेल ७ बलमा २ चौका र २ छक्का सहित २२ रनमा अविजित रहे ।

ओपनर सिमन्स र बे्रन्डन किंगले ५.१ ओभरमा ६२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । रन आउट हुनुअघि किंग्सले १३ बलमा ४ छक्का सहित २९ रनको योगदान दिए । निकोलस पुरन ९ बलमा २ चौका र १ छक्का १९ रनमा सोमपाल कामीबाट क्याच आउट हुन पुगे । सोमपाल कामीले २ ओभरमा २८ रन खर्चेपनि विकेट लिन सकेनन् ।

डेब्यू खेलमा सोमपलले टोलीको प्रमुख तीव्र गतिको बलरको रुपमा खेल्दै पहिलो र अन्तिम ओभर गरेका थिए । इनिङकै पहिलो ओभर बलिङ गरेका सोमपालले पहिलो बलमा ब्रेन्डन किंगलाई डट गराएका थिए । दोस्रो बलमा किंगले ठूलो सट खेल्न खोज्दा टप एज लागेपछि डिप स्क्वायर लेगमा जाभेद अहमादीले क्याच लिन नसक्दा सोमपाल विकेट लिनबाट चुके । त्यसक्रममा किंग २ रन जोड्दै खाता खोल्न सफल रहे ।

तेस्रो बलमा किंगले डिप मिड विकेटतर्फ छक्का प्रहार गरे । चौथो बलमा किंगले रन जोड्न सकेनन् । पाँचौ बलमा सोमपालले उत्कृष्ट योर्कर फ्याँक्दै रन जोड्न दिएनन् । ओभरको अन्तिम बलमा सोमपालले बाउन्सर फाल्दै किंगलाई बिट गर्न सफल रहे । पहिलो ओभरमा उनले ८ रन खर्चे ।

सोमपल १० औं ओभरमा बलिङमा आएका थिए । पहिलो बलमा डीप स्क्वायर लेगमा सिमन्सले चौका प्रहार गरे । सोमपाललाई चौका प्रहार गर्दै सिमन्सले २९ बलमा अर्धशतक प्रहार गरेका थिए । दोस्रो अफ फुलटस बलमा सिमन्सले तीन रन जोडेका थिए । तेस्रो बलमा पवेलले चौका प्रहार गरे ।

चौथो बलमा एक रन दिए । चौथो योर्कर बलमा एक रन बटुलेका थिए । पाँचौं बलमा उनले दुई रन दिएका थिए । त्यसपछि वाइड फाले । अन्तिम बलमा सोमपाललाई डिप मिडविकेटमा छक्का प्रहार गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७