सरकारले नर्सिङ सेवाको महत्व बुझने कहिले ? {भिडियाे}


१५ माघ २०७७, बिहीबार
nurse

काठमाडौं, १५ माघ । नर्सहरुले राष्ट्रिय नर्सिङ दिवस विरोध प्रदर्शन गर्दै मनाएका छन् । काठमाडौंमा विभिन्न निजी अस्पतालमा काम गर्ने नर्सहरुले सेवा सुविधा वृद्धिको माग गर्दै बुधबार काठमाडौंको माइतिघरमा विरोध प्रर्दशन गरेका हुन् ।

नर्सहरुको पारिश्रमिक र सेवा सुविधा निकै कम भएकाले यस बिषयमा सरोकारवालाहरुको ध्यानाकर्षण गराउन विरोधका प्रदर्शनका साथ नर्सिङ दिवस मनाइएको उनीहरुले बताएका छन् ।

उनीहरुले नर्सहरूमाथि अस्पताल, तथा सिनियर कर्मचारीहरूबाट हुने शोषण तथा अत्याचारको अन्त्य हुनुपर्ने, सेवा सुविधा बृद्धि हुनुपर्ने जनाएका छन् ।

नर्सिङ अध्ययन गर्न निकै खर्चिलो हुने तर काम गरेको पारिश्रमिक निकै कम हुने गरेकाले यो अवस्था कहिलेसम्म रहने भनेर उनीहरुले प्रश्न गरेका थिए । उनीहरुल नर्सहरुको पिडा कसले बुझिदिने लगाएतका प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७