जसले दुई हजार शव चिरिन्


१६ माघ २०७७, शुक्रबार
15211755431521087098woman

म्याग्दी, १६ माघ । म्याग्दीको सदरमुकाम बेनी अस्पताललको दक्षिणी कुनामा छ शव घर । जिल्ला अस्पतालकी कार्यालय सहयोगी लक्ष्मी किसान आम महिलाको भन्दा फरक काम गर्छिन्, जुन गर्ने आँट र संयोग जोकसैलाई हुँदैन् ।

जिल्लाभरिमा आत्महत्या वा अप्राकृतिक कारणले मृत्यु भएकाको अन्तिम संस्कार हुनुअघि अस्पताल आएका शव लक्ष्मीकोमा पुग्छन् । पोस्टमार्टमका लागि अस्पताल आएका शवलाई पहिले उनी निर्वस्त्र बनाउँछिन् ।

डाक्टरको निर्देशनअनुसार चिरफार गर्छिन् । अंगहरु झिक्छिन् । अनि पुनः त्यसलाई शरिरभित्र राखेर सिलाउँछिन् । डाक्टरले नियालेर उनको सबै काम हेर्दै पोस्टमार्टम रिपोर्ट तयार पार्छन् ।

रिपोर्ट र चिरिएको शव दुवै बोकेर आफन्तहरु सद्गदतिर लम्किन्छन् । लक्ष्मीको दैनिकि यसरी नै बित्न थालेको १५ वर्ष भयो । यसबीचमा उनले दुई बजारभन्दा बढी शव चिरिसकेकी छिन् । उनी अस्पतालको शौचालय पनि सफा गर्छिन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७