टोटनह्यामलाई हराउँदै लिभरपुल प्रिमियर लिगको चौथो स्थानमा


१६ माघ २०७७, शुक्रबार
116704886 firmino

काठमाडौं, १६ माघ । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटनह्याम हट्सपरलाई ३–१ ले हराएको छ ।

टोटनह्यामको मैदानमा गए राति भएको खेलमा पाहुना टोली लिभरपुललाई विजयी गराउन रोबर्टो फर्मिनो, ट्रेन्ट अलेक्जेण्डर आर्नोल्ड र सादियो मानेले एक एक गोल गरे । टोटनह्यामका होएबर्गले एक गोल फर्काए । खेलको शुरुमै टोटनह्यामका ह्युङ मिन सनले पेनाल्टी प्रहारको अवसर खेर फालेका थिए भने ५६ औं मिनेटमा लिभरपुलका मोहोमद सालाहले पनि पाएको पेनाल्टी अवसरमा गोल गर्न सकेनन् ।

यो खेलपछि लिभरपुल २० खेलबाट ३७ अंक जोड्दै प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ । लिभरपुल शीर्ष स्थानको म्यान्चेस्टर सिटीभन्दा ४ अंकले पछि परेको छ । एक खेल कम खेलेको म्यान्चेस्टर सिटीको ४१ अंक रहँदा ४० अंकसहित म्यान्चेस्टर युनाईटेड दोस्रो तथा ३९ अंक जोडेको लेष्टर सिटी तेस्रो स्थानमा रहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७