अदालतको अत्याधुनिक भवनको शिलान्यास


१६ माघ २०७७, शुक्रबार
bhaktapur dristic adalat 5a7afdf96045f6.69509783

भक्तपुर, १६ माघ । जिल्ला अदालत भक्तपुरको अत्याधुनिक भवन निर्माण हुने भएको छ । भक्तपुरको च्याम्हासिंहमा निर्माण हुने उक्त भवनको बिहीबार सर्वाेच्च अदालतका न्यायाधीश मीरा खड्काले शिलान्यास गरेकी छिन् ।

सात रोपनी जग्गामा फैलिएको करिब दुई हजार १८३ दशमलव ३८ वर्गमिटरभित्रको क्षेत्रफलमा जिल्ला अदालतको भवन निर्माण हुने भएको जिल्ला अदालत भक्तपुरका सूचना अधिकारी विमल पराजुलीले जानकारी दिए । रु एक अर्ब ३६ करोड ६७ लाख ९० हजार ४८२ को बजेटमा भवन निर्माण शुरु गर्न लागेको उनले जानकारी दिए ।

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सो भवन भूकम्प प्रतिरोधात्मक हुनेछ । भवनमा चारवटा लिफ्टको व्यवस्था रहने बताइएको छ । अदालतले आवासका लागि चार रोपनी क्षेत्रफलको जग्गा पनि खरिद गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७