यौन सम्बन्ध राखेको भन्दै इन्डोनेसियामा दुई पुरुषलाई सार्वजनिकस्थलमै हानियो कोर्रा


१६ माघ २०७७, शुक्रबार
beaten MngeQQbclp

काठमाडौं, १६ माघ । इन्डोनेसियाको रुढिवादी प्रान्त अचेईमा दुई पुरुषले यौन सम्बन्ध राखेको भन्दै सार्वजनिक रुपमा कोर्रा हानिएको छ । यी दुईले मास्क लगाएका एक अधिकारीबाट ७७ पटक कोर्रा खाएका छन् । उनीहरुलाई राजधानी बन्दा अचेईमा थुप्रै मानिसहरुको अगाडि कोर्रा हानिएको थियो ।

उनीहरुबारे छिमेकीले गत नोभेम्बरमा प्रहरीलाई जानकारी दिएका थिए । इन्डोनेसियाको एचेई एउटै मात्र प्रान्त हो जहाँ इस्लामिक कानून लागू छ । उनीहरुसँगै अन्य चार जनालाई पनि कोर्रा हानिएको थियो । यी चार जनाविरुद्ध जुवा तास खेलेको, रक्सी पिएको र विपरित लिङ्गीलाई भेटेको आरोप छ ।

caning RrGP7aytEs

मास्क लगाएका व्यक्तिले पिठ्यूँमा कोर्रा हान्दा २७ र २९ वर्षका यी दुई पीडाले निहुरेका थिए । सजायलाई केही बेरका लागि बीचमा राकेर यी दुईलाई पानी पनि खान दिइएको एएफपी समाचार एजेन्सीले बताएको छ । दुईमध्ये एककी आमा छोरालाई कोर्राले हानेको हेर्न नसकेर बेहोस भएकी थिइन् ।

त्यसै दिन एक महिला र पुरुषलाई निकै नजिक बसेको अवस्थामा भेटिएको भन्दै २० पटक कोर्रा हानियो । साथै अर्का दुई पुरुषलाई मदिरापान परेको आरोपमा ४० पटक कोर्रा हानियो । योसँगै अचेईमा समलिङ्गी पुरुषलाई सार्वजनिक रुपमा कोर्रा हानिएको तेस्रो घटना हो ।

मुस्लिम बाहुल्यता भएको देश इन्डोनेसियामा समलैङ्गिकता अवैध भने होइन । तर सन् २००६ मा दशकौं लामो अलगाववादी युद्ध अन्त्यका लागि अचेईलाई सरिया कानून लागू गर्ने अधिकार दिइएको थियो । त्यतिबेला अचेईका राजनीतिक नेताले सिरिया कानूनले धार्मिक अल्पसंख्यकको कानूनमाथि कुनै असर नपार्ने बताउँदै अन्तर्राष्ट्रिय मानवाधिकारको सम्मान गर्ने बताएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७