अनेरास्ववियूले घोषणा गर्यो तेस्रो चरण आन्दोलनको कार्यक्रम {भिडियो}


१६ माघ २०७७, शुक्रबार
annfsu

काठमाडौं, १६ माघ । संसद बिघटन बिरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले तेस्रो चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अनेरास्ववियूले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

अनेरास्ववियूद्वारा शुक्रबार घोषित तेस्रो चरणका आन्दोलनका कार्यक्रममा मन्त्रीहरुलाई सार्वजनिक बहिष्कार गर्ने, मन्त्रीहरुका गाडी चल्न नदिनेदेखि प्रधानमन्त्री ओलीलाई विरोधपत्र बुझाउनेलगायतका विभिन्न कार्यक्रम तय गरिएको छ ।
घोषित कार्यक्रममा माघ १८ र १९ गते स्थानीय तहको सरकारलाई ज्ञापन पत्र पेश गर्ने, माघ २१ गते क्याम्पस अगाडी चक्काजाम गर्ने, माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका गाडी चल्न नदिने, माघ २५ गते केपी ओलीलाई विरोध पत्र बुझाइने अनेरास्ववियुका सहसंयोजक रञ्जीत तामाङले जानकारी दिए ।
उनले सरकारले राज्यको स्रोत साधनका दुरुपयोग गरेको आरोप लगाए । प्रतिगमनको पक्षमा सरकारी स्रोत र साधनको दुरुपयोग रोक्न आफुहरुले त्यही अनुसारको आन्दोलनको कार्यक्रम घोषणा गरेको उनले बताए ।

संसद विघटनको विरोधमा अनेरास्ववियूले पहिलो र दोस्रो चरणको आन्दोलनका क्रममा सडक बहस, बयलगाडा ¥याली, लालटिन जुलुस, व्यंग्यात्मक कार्टुन प्रदर्शनी लगायतका कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७