ओली ट्रम्पका जुम्ल्याहा भाइ : भीमसेनदास प्रधान


१६ माघ २०७७, शुक्रबार
bhimsen das pradhan 11 Ia9Kb96

काठमाडौं, १६ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको जुम्ल्याहा भाइ जस्तो भएको बताएका छन् ।

काठमाडौंमा शहीदहरूप्रति श्रद्धाञ्जली र प्रतिनिनिसधा विघटनविरुद्ध आयोजित विरोध सभामा सम्बोधन गर्दै उनले ओलीको बानी पनि ट्रम्पको नीति र बानी मिल्ने औंल्याए ।

नेता प्रधानले ओली भष्मासुर भएर निस्किएको आरोप लगाउँदै ओलीले पशुपतिमा गएर सबै नेतालाई भष्म गरिपाउँ भनि बरदान मागेर आएको बताए । उनले संविधान बनाउन प्रत्येक नेपालीको पसिनाको मूल्य खर्च भएको उल्लेख गर्दै ओलीले बारम्बार अदालतलाई धम्क्याएको बताए ।

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति स्व. गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा विघटन गरेको स्मरण गर्दै नेता प्रधानले त्यस समयमा पनि नेपाली कांग्रेस फुटेको स्मरण गरे । उनले उक्त समयमा संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार दिएको भए पनि कोइरालाले गलत गरेको बताए । अहिले ओलीले गिरिजाको भन्दा पनि ठूलो गल्ती गरेको उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७