शैक्षिक सत्र लथालिङ्ग, मन्त्री पार्टीकै काममा व्यस्त


१७ माघ २०७७, शनिबार
krishna gopal shrestha

काठमाडौं, १७ माघ । एसईई आउन र शैक्षिक सत्र सकिन दुई महिना मात्र बाँकी छ । तर जिम्मेवारी सम्हालेको एक महिना बितिसक्दा पनि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले विद्यालय तहको अनिश्चित शैक्षिक सत्र र एसईई सञ्चालनलगायत विषयमा निर्णय लिन सकेका छैनन् ।

उनी सहरी विकास मन्त्रालयबाट शिक्षामा सारिनुअघि नै अन्योलमा रहेको शैक्षिक सत्र र कक्षा १० को परीक्षाको विषय मन्त्रिपरिषदमा पुगिसकेको थियो । लाखौं विद्यार्थी र अभिभावकको चिन्ता र चासो जोडिएको यो विषयमा मन्त्रीले न निर्णय लिन सकेका छन्, न कुनै सकारात्मक पहल गरेका छन् ।

लकडाउनले क्षति पुगेको शैक्षिक कार्यक्रमहरुलाई कसरी जोगाउने र टुंगोमा पुर्याउने भन्नेमा मन्त्रीले अहिलेसम्म कुनै योजना अघि सारेका छैनन् । एसईई संघ, प्रदेश, स्थानीय तह वा विद्यालय कसले सञ्चालन गर्ने विषय पनि टुंगो नलाग्दा आमविद्यार्थी र अभिभावक अनिश्चयमा छन् ।

मन्त्री क्षेष्ठले महत्वपूर्ण कामहरु समेत गर्न सकेका छैनन् । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले गरेका नियुक्ति सिफारिस रोक्न उनी लागेका छन् । शिक्षा विषयमा कुनै भाषण नगरी अहिले उनी दाहाल नेपाल समूहलाई गाली गर्दै भाषण गरिरहेको भेटिन्छन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७