प्रधानमन्त्री कप क्रिकेट उपाधिका लागि आज एपीएफ र आर्मी भिड्दै


१७ माघ २०७७, शनिबार
nepal army vs bagmati province 3 scaled

काठमाडौं, १७ माघ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज (शनिबार) त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुँदैछ । फाइनलमा विभागीय क्लब एपीएफ र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

एपीएफले नेपाल पुलिस क्लबलाई र आर्मीले बागमती प्रदेशलाई पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन् । फाइनलको अघिल्लो दिन हिजो कीर्तिपुर मैदानमा उपाधि विजेताले प्राप्त गर्ने ‘ट्रफी’ सार्वजनिक गरिएको छ । एपीएफका कप्तान शरद भेषावकर र आर्मीका कप्तान विनोद भण्डारीले ट्रफी सार्वजनिक गरेका हुन् ।

अन्तिम दुई स्थान बनाउँदा एपिएफ समूह ‘ए’ बाट विजेताको रुपमा फाइनल प्रवेश गरेको थियो भने आर्मी सोही समूहबाट उपविजेताका रुपमा प्रवेश गरेको थियो । समूह चरणको भेटमा भने एपिएफले आर्मीमाथि ६ विकेटको जित निकालेको थियो ।

यस्तै प्रधानमन्त्री कप क्रिकेटको चार संस्करणमा आर्मी र एपीएफ तीन पटक आमने सामने भएका छन् । जसमा एपिएफ बलियो देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७