धनगढीमा नेकपाको विरोध सभा शुरु


१७ माघ २०७७, शनिबार
Dhangadhi NekapaC

धनगढी, १७ माघ । प्रतिनिधि सभा विघटनविरुद्ध सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको विरोध सभा शुरु भएको छ ।

आज (शनिबार) दिउँसो १ बजेबाट शुरु भएको विरोध सभालाई अध्यक्षद्वय माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, सुदूरपश्चिम प्रदेश ईञ्चार्ज भीम रावललगायतका नेताहरुले सम्बोधन गर्दैछन् ।

प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा पहिलो पटक धनगढीमा बृहत विरोधसभाको आयोजना गर्न लागेको हो ।

Es90BzZU0AUlq1Q

सभाअघि प्रचण्ड–नेपाल धनगढीको चौराहा र क्याम्पस रोडबाट र्‍याली निकालिएको थियो । र्‍यालीको नेतृत्व नेता भीम रावलले गरेका थिए । नेकपाको विरोध प्रदर्शन कार्यक्रममा सर्वसाधरण नागरिकको समेत उलेख्य सहभागिता रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूहले पहिलो पटक धनगढीमा बृहत विरोध सभाको आयोजना गरेको हो ।

दुवै जना धनगढीमा पुगिसकेपछि सो समूहले र्‍याली निकालेर शक्ति प्रदर्शन गरेको थियो । उक्त र्‍यालीको कमान्डिङ नेकपा प्रचण्ड–नेपाल समूह सुदूरपश्चिमका प्रदेश इञ्चार्ज भीम रावलले गरेका थिए । यसअघि नेकपाले बिहीबार बुटवल र शुक्रबार विराटनगरमा विरोधसभा आयोजना गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७