धनगढीमा नेकपा प्रचण्ड–नेपाल पक्षको विशाल शक्ति प्रदर्शन (फोटो फिचर)
धनगढी, १७ माघ । प्रतिनिधि सभा विघटनविरुद्ध सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको विरोध सभा शुरु भएको छ ।
आज (शनिबार) दिउँसो १ बजेबाट शुरु भएको विरोध सभालाई अध्यक्षद्वय माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, सुदूरपश्चिम प्रदेश ईञ्चार्ज भीम रावललगायतका नेताहरुले सम्बोधन गर्दैछन् । प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा पहिलो पटक धनगढीमा बृहत विरोधसभाको आयोजना गर्न लागेको हो ।
सभाअघि प्रचण्ड–नेपाल धनगढीको चौराहा र क्याम्पस रोडबाट र्याली निकालिएको थियो । र्यालीको नेतृत्व नेता भीम रावलले गरेका थिए । नेकपाको विरोध प्रदर्शन कार्यक्रममा सर्वसाधरण नागरिकको समेत उलेख्य सहभागिता रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूहले पहिलो पटक धनगढीमा बृहत विरोध सभाको आयोजना गरेको हो । दुवै जना धनगढीमा पुगिसकेपछि सो समूहले र्याली निकालेर शक्ति प्रदर्शन गरेको थियो । उक्त र्यालीको कमान्डिङ नेकपा प्रचण्ड–नेपाल समूह सुदूरपश्चिमका प्रदेश इञ्चार्ज भीम रावलले गरेका थिए । यसअघि नेकपाले बिहीबार बुटवल र शुक्रबार विराटनगरमा विरोधसभा आयोजना गरेको थियो ।
हेर्नुस् तस्विरहरु