आमाको शव १० वर्षसम्म फ्रिजरमा लुकाएर राख्ने महिला पक्राउ


१७ माघ २०७७, शनिबार
child death 1

टोकियो, १७ माघ । जापानको राजधानी टोक्योस्थित एक महिलाले मृत्यु भइसकेकी आफ्नी आमाको शव १० वर्षदेखि फ्रिजरमा राखेको भेटिएपछि ती महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

युमी योसिनो नाम गरेकी ४८ वर्षीया ती महिलाले मृत्युबारे भने केही खुलासा गरेकी छैनन् । तर आमासँगै बस्दैआएकी युमीले टोक्योस्थित घर छोड्न मन नलागेर आमाको शव लुकाएर राखेको प्रतिक्रिया दिएकी छन् ।

प्रहरीका अनुसार शवमा कुनै चोट पटक लागेको छैन । यद्यपि हत्या वा स्वभाविक मृत्यु भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । घरको भाडा नतिरेपछि ती महिलालाई घर छोड्न बाध्य बनाएपछि घर सफा गर्न लगाइएका व्यक्तिले फ्रिजरमा शव भेटिएको जापानी मिडियाले लेखेका छन् । ती महिलाकी आमाको ६० वर्षको उमेरमा मृत्यु भएको बुझिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७