सिमरा गोल्डकप फाइनल आज : थ्रीस्टार र आर्मी भिड्दै

आमी पाँचौ उपाधिको दाउमा, थ्रीस्टार दोस्रो सफल वर्ष टोली बन्ने धुनमा


५ फाल्गुन २०७४, शनिबार
ARMY AN THREE STAR

सिमरा, ५ फागुन : छैठौं संस्करणको विजेता त्रिभुवन आर्मी क्लब र रुस्लान थ्रीस्टार क्लबबीच आज ९नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि भिडन्त हुँदैछ । ARMY AN THREE STAR

सिमरा रङ्गशालामा आज दिउँसो २ः३० बजे फाइनल भिडन्त हुने आयोजक नव जनजागृति युवा क्लबले जानकारी दिएको छ । आर्मीले सिमरा गोल्डकप जिते टोलीको तयो वर्षको पाँचौं उपाधि हुनेछ भने लगातार चौथो साता चौथो नकआउटको फाइनल खेलिरहेको थ्री स्टारले जित्न सके वर्षको दोस्रो सफल टोली बन्ने छ । ९ वर्षदेखि बारा जिल्लामा निरन्तर आयोजना हुदै आएको यो एउटा मात्रै गोल्डकप हो । फाइनलमा दुई ‘ए’ डिभिजन क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ । एक पटकको विजेता त्रिभुवन आर्मी क्लबले रुस्लान थ्रीस्टार क्लबसँग फाइनल खेल्दैछ । थ्रीस्टार पहिलो पटक सिमरामा फाइनल खेल्दै छ ।simara gold cup

थ्रीस्टारका अग्रपंत्तिका दुई खेलाडी मार्टिन्स अजाई र विश्वास श्रेष्ठ पनि उपलब्ध छैनन् । यसअघि कप्तान विक्रम लामा बुढासुब्बाको फाइनल खेल्दा घाइते भएका कारण अहिले निराजन खड्काले थ्रीस्टारको कप्तानी सम्हालिरहेका छन् । आर्मीका रक्षक जितेन्द्र कार्की घाइते भएका छन् भने रातो कार्डका कारण सेमिफाइनल खेल गुमाएका नवयुग श्रेष्ठ फाइनलमा खेलमा फर्किने छन् ।

एपीएफलाई ४–० ले हराउँदै सिमरा गोल्डकपको यात्रा सुरु गरेको आर्मीले सेमिफाइनलमा बीरगंज युनाइटेडलाई ३-० ले हराएको थियो । थ्री स्टारले फाइनल सम्मको यात्रा तय गर्ने क्रममा क्वार्टरफाइनलमा सुदूरपश्चिमलाई टाइब्रेकरमा र सेमिफाइनलमा मोरङ्लाई ४–२ ले हराएको थियो । सिमरा गोल्डकपमा यो पटक २ खेल खेल्ने क्रममा अहिले सम्म गोल नखाएका आर्मीका गोलकिपर बिकेश कुथुको नाममा सर्वाधिक क्लिनसिट रहेको छ । मोरङ–११ का कर्ण लिम्बू, थ्रीस्टारका सुनिल बल तथा आर्मीका जर्ज प्रिन्स कार्की र दिनेश हेम्जन २-२ गोलका साथ सर्वाधिक गोलकर्ताको सूचीमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७