कोरोनाको खोप निर्यातमा प्रतिबन्ध लगाउने ईयूको निर्णयप्रति बेलायत असन्तुष्ट


१८ माघ २०७७, आईतवार
GettyImages 1230007121

काठमाडौं, १८ माघ । यूरोपियन यूनियनले कोरोनाविरुद्धको खोप निर्यातमा अस्थायी प्रतिबन्ध लगाउने निर्णयलाई बेलायतले असन्तुष्टि जनाएको छ । बेलायती मन्त्री माइकल गोभले बेलायतले खोप निर्यात प्रति आफु विश्वस्त रहेको भन्दै निर्धारित योजना अनुसार नै कार्यक्रमले निरन्तरता पाउने बताए ।

उनले फेब्रुअरी १५ सम्म १ करोड ५० लाख डोज खोप निर्यात गरिने पनि बताए । यता बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यूरोपियन कमिशनका अध्यक्ष उर्सुला भोन डेर लेयेनसँग कुरा गर्दै खोप निर्यात नरोकिने र आफ्नो योजना अनुसार निर्यात गरिने जानकारी दिए ।

ईयूको प्रतिबन्धले बेलायत, अमेरिका, क्यानडा र अस्ट्रेलियासहित एक सय मुलुकहरू प्रभावित हुनेछन् । नयाँ नियम अनुसार खोप उत्पादकहरूले ईयू भन्दा बाहिर खोप वितरण गर्नका ऊसँग अनुमति लिनु पर्नेछ ।

ईयूकी स्वास्थ्य आयुक्त स्टेला किरियाकिअसले ईयूका सबै नागरिकको खोपमा पहुँच निश्चित गर्ने बताए । एस्ट्राजेनेकासँग विवादमा उत्रिएको ईयूमाथि खोप वितरणको सुस्त गतिका कारण दबाब छ ।

यस्तै सम्झौता अनुरूप मार्चसम्म उपलब्ध गराउनुपर्ने खोप आपूर्ति गर्न नसकेको भन्दै ईयू फाइजरसँग पनि विवादमा छ । ईयू राष्ट्रहरूसँग गरेको सम्झौता अनुरूप काम नभए अन्य मुलुकमा निर्यातमा प्रतिबन्ध लगाउन सक्ने अधिकार ईयूसँग छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७