म्यानचेस्टर आर्सनलसँग गोलरहित बराबरीमा रोकियो


१८ माघ २०७७, आईतवार
thumb 6

काठमाडौं, १८ माघ । म्यानचेस्टर युनाइटेडले शनिबार लगातार तेस्रो खेलमा अधिकतम अंक जोड्न असफल रह्यो र इङ्लिस प्रिमियर लिगमा आर्सनलसँग इमिरेट्स स्टेडियममा गोलरहित बराबरीमा रोकियो ।

यसअघि म्यानचेस्टर सिटीले ग्याब्रिएल जेससको गोलमा सेफिल्ड युनाइटेडलाई १–० ले हरायो । यो क्लबको कीर्तिमानी लगातार १२ औं जित हो । यस नतिजापछि सिटी २० खेलबाट ४४ अंकसहित शीर्ष स्थानमा कायम रह्यो । छिमेकी म्यानचेस्टर भने २१ खेलबाट ४१ अंकमा दोस्रो स्थानमा छ ।

शनिबारका अन्य खेलमा एस्टन भिल्लाले साउथह्याम्पटनलाई १–०, क्रिस्टल प्यालेसले उल्भ्सलाई १–० र न्युकासल युनाइटेडले एभरटनलाई २–० ले हरायो । यस्तै वेस्ट ब्रुम र फुलहमले २–२ को बराबरी खेले । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७