अघि बढ्यो ई–पासपोर्ट ल्याउने प्रक्रिया, फ्रान्सेली कम्पनीलाई २ अर्ब बढीको ठेक्का


१८ माघ २०७७, आईतवार
Passports YHqLQ1uc9T

काठमाडौं, १८ माघ । सरकारले आगामी कात्तिकदेखि ई(पासपोर्ट ल्याउने तयारी गरेको छ । ई-पासपोर्टका लागि पटक पटक बोलपत्र आह्वान गरेर रद्द गर्दै आएको राहदानी विभागले कात्तिकको पहिलो साता आइडेमिया आइडेन्टीटी एण्ड सेक्युरिटी फ्रान्सलाई २ करोड ११ लाख अमेरिकी डलर (साढे २ अर्बभन्दा बढी) बराबरको ठेक्का दिने निर्णय गर्दै प्रक्रिया अगाडि बढाएको छ ।

यसअघि ई पासपोर्ट छपाइका लागि आह्वान गरिएको बोलपत्र तीन पटकसम्म रद्द भएको थियो । ई–पासपोर्टका लागि परराष्ट्र मन्त्रालयले त्रिपुरेश्वरमा रहेको नयाँ भवनबाट पासपोर्टका लागि चाहिने पूर्वाधार जडान गरेर सर्वसाधारणलाई वितरण गर्ने तयारी गरेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७