प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड र माधव नेपाल माइतीघरको धर्नामा (फोटो फिचर)


१८ माघ २०७७, आईतवार
Parchanda Madhav Nepal

काठमाडौं, १८ माघ । प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघरमा जारी धर्नामा नेकपा अध्यक्षद्धय प्रचण्ड र माधव नेपाल सहभागी भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम खारेजीको माग गर्दै प्रचण्ड–नेपाल समूहका संघीय एवं प्रदेश सांसद् तथा तत्कालीन संविधान सभाका सदस्य गत १४ गतेदेखि माइतीघरमा धर्नामा बस्दै आएका छन् ।

आइतबार भने अध्यक्षद्धय सहित प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेतृ अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, सुरेन्द्र पाण्डे लगायत सहभागी भए ।

माघ २१ गतेसम्म धर्ना गर्ने कार्यक्रम राखिएको भए पनि सो धर्ना कार्यक्रमलाई आज आइतबारको कार्यक्रमबाटै टुंग्याइएको घोषणा गरिएको छ। सोमबारदेखि वाग्मती प्रदेशसभाको बैठक सुरु हुने भएकाले आइतबार नै धर्ना कार्यक्रमको समापन गरिएको दाहाल–नेपाल पक्षकी स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् ।

Kathamdnu Nepal
Protest in Nepal 1
CPN Nepal 1
dharna

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७