प्रतिगमनविरूद्धको प्रदर्शनमा सहभागी बन्न कांग्रेसका १३ भ्रातृसंस्थाको अपिल


१८ माघ २०७७, आईतवार
Nepali congress

काठमाडौं, १८ माघ । नेपाली कांग्रेसका १३ भ्रातृ संस्थाले भोली (सोमबार १९ माघ) प्रतिनिधि सभा विघटनविरुद्ध देशभरी प्रदर्शन भएका छन् । पार्टीको केन्द्रीय निर्णय अनुसार भ्रातृ संस्थाले जिल्लामै एकसाथ प्रदर्शन गर्न लागेका हुन् ।

प्रदर्शनको पूर्व सन्ध्यामा आइतबार विज्ञप्ति जारी गर्दै कांग्रेसका १३ भातृ संगठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभाको विघटनविरूद्ध प्रदर्शनमा उत्रिन अपिल गरेका छन् ।

विरोध प्रर्दशनमा सहभागिताको अपिल गर्ने कांग्रेसका १३ भातृसंस्थाका महिला संघकी उमा रेग्मी,तरुण दलका जीतजंग बस्नेत,नेविसंघका राजीव ढुंगाना, प्रजातन्त्र सेनानी संघका टंकप्रसाद शर्मा कँडेल, किसान संघका भानुभक्त सिग्देल,दलित संघका मीनबहादुर विश्वकर्मा, भूतपूर्व सैनिक संघ कर्णेल धनबहादुर मास्की राना,आदिवासी जनजाति संघ इन्द्रबहादुर गुरुङ्ग, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ भोजराज श्रेष्ठ, मुस्लिम संघ अब्दुल सतार, तामाङ्ग संघ कवेलबहादुर लामा, राष्ट्रिय मगर संघ ओम थापा मगर र ठाकुर समाज अनिरुद्धप्रसाद ठाकुर छन्।

विज्ञप्तिमा प्रतिनिधि सभा विघटनमार्फत् सर्वसत्तावाद उन्मुख कदम भएको उल्लेख छ । भ्रष्टाचार, कुशासन, कोभिड महामारी नियन्त्रणमा सरकार उदासीन देखिएको आरोप लगाइएको छ।

‘संसद विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिड विरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका बिषयमा सरकारी उदासिनता यी समग्र मुद्दालाई अघि सारेर हुने भोलिको प्रदर्शनमा सहभागी बन्न देशभरका हाम्रा सबै सदस्य, समर्थक, शुभचिन्तक एवं समस्त जनसमुदायमा हामी हार्दिक आग्रह गर्दछौं,’उक्त विज्ञप्तीमा भनिएको छ।

Nepali congress 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७