म्यानमारकी नेतृ आङ सान सू ची सेनाद्वारा ‘गिरफ्तार’, सत्ता परिवर्तनको आशंका

सडकमा सेनाको बाक्लो उपस्थिति, टेलिफोन र इन्टरनेट बन्द


१९ माघ २०७७, सोमबार
116747840 4ce002df 6704 4391 879a 742afc04de32

काठमाडौं, १९ माघ । म्यानमारको सत्तारुढ दल न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सू चीलाई पक्राउ गरिएको उक्त पार्टीका प्रवक्ताले बताएका छन् ।

सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सू चीलाई पक्राउ गरिएको हो । गत नोभेम्बरमा भएको चुनावमा (एनएलडी) ले सरकार गठनका लागि संसद्मा पर्याप्त हुने गरी सिट जितेको छ । तर सेनाले भने उक्त चुनावमा धाँधली भएको जनाएको छ । सोमवार हुन लागेको संसद्को बैठकलाई पछि सार्न सेनाले सरकारलाई आह्वान गरिरहेको छ ।

अरु पनि पक्राउमा
पार्टी प्रवक्ता म्यो न्यूनले रोयटर्स समाचार संस्थालाई फोनमार्फत् जानकारी दिँदै सू चीका साथै राष्ट्रपति वुइन मीयन र अन्य नेताहरूलाई पनि बिहान सबेरै ‘लगिएको’ बताएका छन् ।

‘म हाम्रा मानिसहरूलाई जथाभावी केही नगरियोस् भन्न चाहन्छु र उनीहरूले कानुन अनुसार गरून् भन्ने चाहन्छु’,उनले भने । उनले आफूलाई पनि पक्राउ गरिने ठानेको बताए ।
बीबीसीका दक्षिण पूर्व एशिया संवाददाता जोनाथन हेडले राजधानी नेपिद्अ र मुख्य सहर यानगुनका गल्लीहरूमा सेनाहरू देखिएको बताएका छन् ।

सडकमा सेनाको बाक्लो उपस्थिति, टेलिफोन र इन्टरनेट बन्द
बीबीसी बर्मा सेवाका अनुसार राजधानीमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ । सेनाले थुप्रै ठाउँहरूमा मुख्य मन्त्रीका घरहरूमा पनि पुगेर उनीहरूलाई लगेको परिवारका सदस्यहरूले बताएका छन् ।

सेनाले कू गर्न खोजेको भन्ने चासोहरू व्यक्त भएपछि गत शनिवार त्यहाँको सशस्त्र फौजले सेनाले संविधानको पालना गर्ने वाचा गरेको थियो । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७