डढेलोले पाँच दिनमा आठ सय हेक्टर वन ध्वस्त


१९ माघ २०७७, सोमबार
dadhelo 3

मनाङ, १९ माघ । मनाङको नासों गाउँपालिका ६, ७ र ८ का विभिन्न वनक्षेत्रमा पाँच दिनदेखिको डढेलोले झण्डै आठ सय हेक्टर क्षेत्रफलको वन क्षेत्र ध्वस्त भएको छ ।

शनिबारदेखि डढेलो फैलिने क्रम केही कमी भए पनि तीव्र हावाका कारण जोखिम भने उत्तिकै रहेको स्थानीले बताएका छन् । अग्लो र अप्ठेरो भीरको सिरान क्षेत्रमा रुखका मुढामा सल्केको डढेलो अझै ननिभेकाले फैलिने त्रास रहेको स्थानीयको भनाई छ ।

सिजनमा पनि हिउँ र पानी नपर्दा बढी सुख्खा भएको त्यो क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा निकै सकस भएको स्थानीय प्रशासनले बताएको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७