वनमन्त्री र सचिवबीच टकराव


१९ माघ २०७७, सोमबार
prem bahadur ale

काठमाडौं, १९ माघ । नियुक्त भएको डेढ महिना नबित्दै वनमन्त्री प्रेम आले र वन सचिव डा. विश्वनाथ ओलीबीच टकराव सुरु भएको छ ।

वन मन्त्रालय स्रोतका अनुसार वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेजीलगायत विषयमा मन्त्री र सचिवबीच द्वन्द्व सुरु भएको हो । मन्त्री आलेले बिहीबार पत्रकार सम्मेलन गरी वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेजीको घोषणा गरेका थिए । वन सचिव ओली, मन्त्रालयका प्रवक्ता प्रकाश लम्साललगायत उच्च कर्मचारीहरुले सो सम्मेलनमा बहिष्कार गरेका थिए ।

मन्त्री आलेले पत्रकार सम्मेलन गरिरहेका बेला ओली आफ्नै कार्यकक्षमा थिए । यसैगरी प्रवक्ता लम्साललगायत अन्य उच्च अधिकारी पनि आफ्नै कार्यकक्षमा थिए । कार्यक्रममा मन्त्रीका राजनीतिक सल्लाहकार सोमबहादुर थापाले सञ्चालन गरेका थिए । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७