नायिका सुष्माको यो कस्तो भनाई, फिल्म खेल्ने फूर्सदै छैन’


५ फाल्गुन २०७४, शनिबार
bold

काठमाण्डौं, ५ फागुन : नायिका सुष्मा कार्की पछिल्लो समय चलचित्रहरुमा उति सक्रिय देखिएकी छैनन् । तर, पनि सञ्चार क्षेत्रमा भने उनी समाचारको विषय बनिरहन्छिन् । हट तर, बेसिजनको पहिरनका कारण पनि सुष्मा सञ्चारमाध्यममा समाचार बन्ने गर्छिन् ।bold

सुष्मा कार्कीले अभिनय गरेका अधिकांश चलचित्रहरुले कमाल गर्न नसकेपछि उनको बजार माग खस्केको चलचित्र क्षेत्रका जानकार बताउँछन् । अहिले फेरि अचम्मको अभिव्यक्तिका कारण सुष्माको चर्चा चल्न थालेको छ । केहि दिनअघि उनले आफूलाई चलचित्र खेल्ने फूर्सद नभएको बताएकी छन् । उनको यो भनाई सार्वजनिक हुना साथ दर्शकहरुले भने कलाकार भएको चाहीं केका लागि भन्ने प्रश्न उब्जाइरहेका छन् । वास्तवमा हिरोइनलाई नै चलचित्र खेल्ने फूर्सद नभएपछि के गर्ने त ? 1004532 318879131591317 1825647961 n

सुष्माले अहिले आफू अत्यन्त ब्यस्त रहेको र चलचित्रमा समय दिन नभ्याएको बताएकी छन् । उनले भनेकी छन्, ‘‘म चलचित्र खेल्न भ्याउँदिन । मेरो व्यस्तता विदेशमा हुने स्टेज कार्यक्रममा बढी छ । अझ, भनौ भने म नेपालमा धेरै बस्नै पाउँदिन ।’ सुष्माले यस्तो बताए पनि उनको व्यस्तता उनले भने जस्तै विदेशका कार्यक्रम र स्टेजहरुमा नदेखिएको उनका फ्यानहरु नै बताउँछन् । आखिर सुष्माले यसो किन भनिन् त ? उनले चलचित्रका निर्माता र निर्देशकहरुको ध्यान आफूतिर खिच्नका लागि त यसो भनेकी होइनन ? भन्ने आशंका पनि गरिएको छ ।sus

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७