नुवाकोटमा नेकपाका दुई समूहबीच झडप, उपप्रधानमन्त्री पोखरेलको गाडी तोडफोड


१९ माघ २०७७, सोमबार
pokhrel gadi

काठमाडौं, १९ माघ । नुवाकोटमा नेकपाका दुई पक्षबीच झडप भएको छ । नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र टोपबहादुर रायमाझी सहभागी कार्यक्रममा ओली र प्रचण्ड–नेपाल समूहबीच झडप भएको हो । झडपमा प्रचण्ड–नेपाल पक्षका तीन कार्यकर्ता घाइते भएका छन् ।

Nuwakot NCP22 1536x691 1

प्रचण्ड नेपाल समूहका कार्यकर्ताहरुले बट्टार क्याम्पस अगाडि कालोझण्डा देखाइ उपप्रधानमन्त्री चढेको गाडीमा ढुंगामुडा गरेपछि दुबै पक्षबीच झडप भएको थियो । झडपमा ईश्वर पोखरेल र टोपबहादुर रायमाझीको गाडी तोडफोड भएको छ ।ढुंगामुडापछि पोखरेलको गाडीमा सामान्य क्षति पुगेको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टको स्वकीय सचिव मिनबहादुर सिंह चढेर आएको नेपाल आयल निगमको गाडीको पछाडिको भागमा भने पूर्ण क्षति पुगेको जनाइएकाे छ ।

यसैबीच, वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी मीरा चौधरीले बाटोमा अवरोध गर्ने कार्य भएको र अहिले अवस्था सामान्य रहेको जानकारी दिइन् । उनले गोडी तोडफोड नभएको दाबी गरेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७