बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्दैन : महान्यायाधिवक्ता खरेल


१९ माघ २०७७, सोमबार
agni p kharel

काठमाडौं, १९ माघ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने स्वीकार गरेका छन् ।

आज (सोमबार) प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सरकारी पक्षको तर्फबाट बहस गर्दै उनले अहिले आफू सरकारको प्रतिरक्षा गर्ने स्थानमा भएको बताएका छन् ।

agni

उनले भने, ‘मैले पहिला भिडियोमा बोलेको कुरा ठिक छ । बहुमत प्राप्त दलले संसद् विघटन गर्न सक्दैन । अहिले पनि म त्यही भन्छु । तर, अहिले म सरकारको प्रतिरक्षा गर्ने स्थानमा भएकाले बोलिरहेको छु,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७