प्रदेश सभा बैठक माग गर्दै बागमती प्रदेशका सांसदले गरे नाराबाजी


१९ माघ २०७७, सोमबार
bagmati samsad

हेटौंडा, १९ माघ । प्रदेशसभा वैठक बोलाउन माग गर्दै बागमती प्रदेशका नेकपा (प्रचण्ड–माधव) पक्षका सांसदले आज (सोमबार) हेटौंडास्थित प्रदेशसभा सचिवालय अगाडि नाराबाजी गरेका छन् ।

आज बस्ने तय भएको बैठक अकस्मात सूचना टाँस गरेर स्थगित गरिएको विरोधमा प्रचण्ड–माधव पक्षका प्रदेशसभा सदस्यहरुले नाराबाजी गरेका हुन् । उनीहरूले ‘अल्पमतको सरकार राजीनामा दे’ भन्दै नारा लगाएका छन् ।

आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्ने तयारी थियो । तर, सभामुख सानुकुमार श्रेष्ठले आइतबार राति बैठक फागुन पहिलो सातासम्मका लागि स्थगित भएको सूचना जारी गरेका थिए ।

प्रचण्ड–माधव समूहबाट संसदीय दलको नेता बनाइएकी नेतृ अष्टलक्ष्मी शाक्यले आज पत्रकार सम्मेलन गर्दै अविश्वासको प्रस्ताव पारित हुने डर र आशंकाले सभामुखलाई प्रयोग गरिएको र सभामुख पनि अल्पमतको सरकारको लाचार छायाँ बनेको टिप्पणी गरिन् । उनले तत्काल प्रदेशसभाको बैठक बोलाउन माग गरेकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७