महिला लिग : आर्मीले विराटनगरलाई हरायो, शर्मिलाको ह्याट्रिक


१९ माघ २०७७, सोमबार
women football

काठमाडौं, १९ माघ । राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले विराटनगर महानगरपालिकालाई हराएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा आर्मीले विराटनगरलाई सात–शून्यले हराएको हो ।

आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिक गरिन् । यस्तै विमला चौधरीले दुई तथा रश्मी घिसिङ र विमला विकले एक–एक गोल गरे ।

जितसँगै आर्मी लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिगमा आर्मीको यो तेस्रो जित हो । आर्मीले पाँच खेलमा १० अङ्क जोडेको छ । विराटनगर सात अङ्कसहित चौथो स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७