‘नेकपा बिभाजित भएको छैन, केही व्यक्तिहरु चोइटिएको मात्र हो’ {भिडियो}


१९ माघ २०७७, सोमबार
Madhav kumar Nepal

काठमाडौं, १९ माघ । नेकपाका अध्यक्ष माधवकुमार नेपालले नेकपा बिभाजित नभएको स्पष्ट पारेका छन् । काठमाडौंमा सोमबार बसेको नेकपा प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले केन्द्रीय कमिटि र स्थायी कमिटीमा आफुहरुको बहुमत रहेकोले अर्को पक्ष चोइटिएर गएको बताएका हुन् । नेकपा आफुहरुको भएको भन्दै कसैले आखा लगाउन र औलो ठड्याउन नपाउने उनको भनाइ छ ।

उनले बिधानको व्यवस्था बमोजिम नै पार्टीको बैठक बसेकाले निर्वाचन आयोगले आफुहरुलाई नै आधिकारीता दिनुपर्ने धारणा राखे। अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली समूहसँग एक चौथाइ पनि केन्द्रीय सदस्य नभएको अवस्थामा नेकपाको चिन्हमा अरु कसैले दावी गर्न नमिल्ने उनले बताए ।

अध्यक्ष नेपालले सरकार र पार्टीमा ओलीको एकाधिकार मानसिकता देखिएका कारण आफुहरुले कारवाही गरेको तर्क गरे । ओलीले सहमति कार्यान्वयन नगरेको, गुटबादी सोच हावी भएको, बैठक बोलाउन नमानेको र संघीयताबिरोधी सोच राखेकै कारण अहिलेको अवस्था आएको नेपालले बताए ।

नेपालले संविधान मिचेर संसद बिघटन गरिएकाले नै नेकपामात्र नभई आम सर्वसाधारणहरु पनि आन्दोलीत हुन पुगेको उल्लेख गरे । उनले निर्वाचन घोषणा गरेपछि तोकिएको समयमा ओलीले नै निर्वाचन गर्न नसक्ने तर्क गरे।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७