डिभिजन २ को ‘ड्रिम टिम’का कप्तानको जिम्मेवारी पारस खड्कालाई


५ फाल्गुन २०७४, शनिबार
criket nepal1

काठमाडौं: आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टु मा सबै खेलाडीहरुको प्रदर्शनका आधारमा क्रिकेट एक्सपर्टहरुले ११ जनाको ड्रिम टिम बनाएका छन् । सबैभन्दा उत्कृष्ट खेलाडीहरु रोजेर बनाइएको यो टिममा कप्तानको जिम्मेवारी नेपालका कप्तान पारस खड्कालाई दिइएको छ ।criket nepal1

ड्रिम टिमका ओपनरका लागि युएइका कप्तान रोहन मुस्तफा र क्यानडाका रुविन्दु गुणशेखरालाई रोजिएको छ । तेस्रो क्रमका ब्याट्सम्यानका रुपमा नेपालका कप्तान पारस खड्का छन् । उनलाई कप्तानको जिम्मेवारी पनि दिइएको छ । चौथो क्रममा क्यानडाका नितिश कुमार, पाँचौमा नामिबियाका क्राइग विलियम्स, छैटौंमा नामिबियाकै गेरहार्ड एरास्मस छन् ।

सातौं क्रममा क्यानडाका हम्जा तारिकलाई रोजिएको छ । उनले विकेटकिपरको भूमिका पनि निभाउनेछन् । बलरहरुमा नेपालका सन्दिप लामिछाने, क्यानडाका निखिल दत्ता, ओमानका बिलाल खान र ओमानकै कलिमुल्लाहलाई रोजिएको छ । यी खेलाडीमध्ये नेपालका पारस खड्का, युएइका रोहन मुस्तफा र नामिबियामा क्राइग विलियम्स अलराउण्डर हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७