प्रधानमन्त्रीले भने, ‘खेल भन्या के हो ? एउटा भकुण्डो हान्ने त हो, किन हार्ने ?’


२० माघ २०७७, मंगलवार
3

काठमाडौं, २० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद्लाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडी छनोट गर्दा निष्पक्ष र पारदर्शी हुन सुझाव दिएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्ले आज (मंगलबार) काठमाडौंमा आयोजना गरेको ‘खेलकुदसँग प्रधानमन्त्री’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पक्षधरता विना नै प्रशिक्षक छनोट गर्ने काम परिषद्को भएको र प्रशिक्षक एवं खेलाडी चयनमा स्वर्ण पदक हात पार्ने उद्देश्य राख्नु पर्ने बताए ।

1

विगतमा जित्न सक्ने खेलाडी छनोटमा नपरेका गुनासो आएको बताउँदै उनले पदाधिकारी र छनोटकर्ताहरूलाई तालिमदेखि खेल प्रतियोगितासम्मका खेलाडी छनोटमा भेदभाव नगर्न सुझाव दिए । उनले गएको वर्ष नेपालले सागमा प्राप्त गरेको सफलता निकै ठूलो उपलब्धि भएको भन्दै जुनसुकै खेल पनि पदक पाउने गरी खेल्नुपर्ने बताएका छन् ।

2

अभ्यासलाई जित्ने तहमा उठाउनु आवश्यक रहेको भन्दै उनले राम्रो प्रशिक्षक र आधुनिक प्रविधि प्रयोग गर्न सुझाव दिए । उनले विजयी भएर पदक ल्याउँदा देशको गौरव बढाउने भएकाले खेल क्षेत्रको लगानी अनुत्पादक नभएको बताए । हार–जितको ठूलो महत्व रहेको भन्दै उनले नेपाल कहिले पनि नहारेको देश रहेकाले खेल पनि जितका लागि खेल्न आग्रह गरे ।

4

उनले भने, लडाइँमा नहार्ने देश यत्रा–यत्रा डल्लासँग किन हार्ने ? खेल भन्या के हो ? एउटा भकुण्डा हान्ने त हो नि । किन हार्ने ? क्रिकेटमा एउटा बल हान्ने हो, त्यसमा किन हार्ने ? सितेरियो, कराँते, कम्फु र भारत्तोलन, किन हार्ने ? अशान्ति जित र हारका आधारमा हुने भन्दै उनले थपे, ‘प्रतिनिधि सभा भङ्ग भइसक्यो चुनाव हुन लागिसक्यो, हुनु हुँदैन भनेर कराइरहेका छन्, त्यो जितका लागि हो ।’ उनले जीतका लागि अति आवश्यक, अपरिहार्य र न्यूनतम आवश्यकता परिपूर्ति गर्ने गरि सरकारले खेल क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७