गायिका अञ्जु पन्त दोस्रो वैवाहिक जीवनमा बाँधिदै


२० माघ २०७७, मंगलवार
anju panta

काठमाडौं, २० माघ । चर्चित गायिका अञ्जु पन्त दोस्रो वैवाहिक वन्धनमा बाँधिने भएकी छिन् । गायिका अञ्जुले गीतकार थिर कोइरालासँग विवाह गर्ने भएकी हुन् । अञ्जुको एक छोरी छिन्–परितोषिका पन्त । उनी पनि मोडलिङ क्षेत्रमा प्रवेश गरेकी छिन् । छोरीकै विशेष आग्रहमा गायिका पन्तले दोस्रो बिहे गर्ने लागेको जनाइएको छ ।

इलाम घर भएका कोइराला दुई दशकदेखि काठमाडौंमा छन् । दुवै जनाले आफूहरूबीच विवाह हुन लागेको स्वीकार गरेका छन् ।

तर विवाहको मिति भने तय हुन बाँकी रहेको उनीहरूले सञ्चारमाध्यमसँग जानकारी दिएका छन् । तीन वर्षअघि चिनजान भएका उनीहरू एक वर्षदेखि ‘रिलेसनसीप’ मा छन् । गायिका पन्तले गायक तथा संगीतकार मनोजराजसँग एक दशकअघि सम्बन्धविच्छेद गरेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७