इङलिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको शानदार जित


२१ माघ २०७७, बुधबार
EtP60LqXMAANdz4 mR5TmhUnhj scaled

काठमाडौं, २१ माघ । इङलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले शानदार जित निकालेको छ ।

गए राति घरेलु मैदानमा भएको खेलमा साउथह्याम्टनलाई ९–० गोल अन्तरले हराउँदै म्यानचेस्टर युनाइटेडले आफ्नो जित निकालेको हो । जितसँगै युनाइटेडले शीर्षस्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेको छ । तर, गोल अन्तरमा युनाइटेड दोस्रो स्थानमा रहेको छ ।

युनाइटेडको २२ खेलबाट ४४ अंकमा पुगेको छ । २० खेल खेलेको सिटीको ४४ अंक छ । पराजित साउथह्याम्टन २९ अंक जोडेर १२ औं स्थानमा रहेको छ । यस्तै, गए राति नै भएका खेलमा सेफिल्ड युनाइटेडले वेष्ट ब्रोमलाई २ –१ गोल अन्तरले हराएको छ । यस्तै, क्रिस्टल प्यालेसले न्यूक्यासललाई र वुल्भ्स्ले आर्सनललाई पनि २–१ गोल अन्तरले पराजित गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७