कोरोनासँग जुध्न लाखौं रकम जुटाएका क्याप्टेन मूरको कोरोनाबाटै निधन


२१ माघ २०७७, बुधबार
Captain Moore dmhtO5apMI

काठमाडौं, २१ माघ । कोरोना भाइरस संक्रमणसँग जुध्नका लागि बेलायतलाई लाखौं डलर जुटाएका क्याप्टेन सर टोम मूरको कोरोना भाइरस सङ्क्रमणकै कारण निधन भएको छ ।

एक सय वर्षका मूरलाई स्वास फेर्न समस्या भएपछि गएको हप्ता अस्पतालमा भर्ना गरिएको थियो । निमोनियाको उपचार चलिरहेका बेला उनलाई कोरोना भाइरसको सङ्क्रमण भएको छोरी इग्राम मूरलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

सेनाबाट अवकाश पाएका मूरले सयौं जन्मदिनका अवसरमा आफ्नो बगैंचाको एक सय फन्को लगाएर बेलायतका नागरिकको मन जितेका थिए । यसै क्रममा उनले ३.३ करोड पाउण्ड जुटाएर बिरामीको उपचारका लागि बेलायतको सरकारी अस्पताल एनएचएसलाई दिएका थिए । उनको कामलाई प्रशंसा गर्दै बेलायती महारानी एलिजावेथले एउटा विशेष समारोहमा सम्मान पनि गरेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७