३ वर्षभित्र सबै परिसूचकमा उत्कृष्ठ १० मा पर्ने सिटिजन्स बैंकको लक्ष्य


२१ माघ २०७७, बुधबार
citizen

काठमाडौं, २१ माघ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ३ वर्षभित्र उत्कृष्ठ १० वाणिज्य बैंक बन्ने लक्ष्य लिएको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये सिटिजन्स बैंकले सो समयभित्र सबै परिसूचकमा ‘टप टेन’ मा पर्ने लक्ष्य लिएको बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले जानकारी दिए ।

बैंकले मंगलबार आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा लकडाउनको समयमा समग्र बैंकिङ क्षेत्रमा परेको प्रभाव र त्यसबाट उत्पन्न बैंकलाई परेको प्रभावबारे जानकारी दिएको छ । कोभिडको प्रभावबीच दोस्रो त्रैमाससम्म सन्तोषजनक प्रगति हासिल गर्न सकेको समेत बैंकले जनाएको छ ।

यो वर्ष अधिकांश बैंक तथा वित्तीय संस्थाको नाफा घटेको भएपनि बैंकको नाफा बढेको कम्पनीले जनाएको छ । निक्षेप वृद्धिमा उत्साहजनक प्रगति हासिल गर्न सफल भए पनि कर्जा विस्तारमा थप काम गर्नुपर्ने अवस्था रहेको बैंकले स्वीकार गरेको छ । दोस्रो त्रैमासमा बैंकको निष्क्रिय कर्जा केही बढेको देखिए पनि अहिले ठूला केही कर्जाहरु असुल भइसकेको बैंकले जनाएको छ । कोभिड महामारीको बीचमा मात्रै सोख बैंकले आफ्ना ऋणीहरुलाई २६ करोड रुपैयाँ छुट दिएको जनाएको छ ।

देशभर शाखा फैलिएको बैंकले प्रदेश १, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा शाखा विस्तारलाई ध्यान दिने समेत जनाएको छ । यसका लागि क्षेत्रीय तथा राष्ट्रिय स्तरका विकास बैंक तथा वित्त कम्पनीहरुलाई एक्वाएर गर्ने रणनीति बैंकको भएको बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले जानकारी दिए ।

बैंकले आफ्नो ब्राण्डलाई लामो समयसम्म टिमाइराख्ने संकल्प समेत गरेको छ । यसका लागि बैंकले आफू अरु बैंकमा गाभिने भन्दा अर्को बैंकलाई आफूमा गाभ्ने विषयलाई प्राथमिकता दिने समेत डेपुटी सीईओ देवकोटाको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७