उपराष्ट्रपति र सभामुखद्वारा शपथ ग्रहण समारोह बहिष्कार

सभामुख सापकोटा भन्छन्, ‘संविधान मिचेको साक्षी कसरी बस्नु !’


२१ माघ २०७७, बुधबार
1612330948 P3Bjk

काठमाडौंं, २१ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले संवैधानिक निकायका प्रमुख र सदस्यहरुको शपथग्रहण समारोह बहिष्कार गरेका छन् ।

आज बिहान राष्ट्रपति भवन शीतलनिवासमा आयोजित शपथग्रहण समारोहमा उपराष्ट्रपति पुन सहभागी भएनन् । पुन पूर्व माओवादीबाट उपराष्ट्रपति बनेका थिए । उनको निवासमा केही दिनअघि प्रचण्ड र बाबुराम भट्टराईबीच वार्ता भएको थियो । प्रचण्डसँगको सल्लाहपछि उपराष्ट्रपति शपथग्रहण समारोहमा सहभागी नभएको स्रोतले जनाएको छ ।

145300353 448352089682587 8294308321170849240 n
सपथ ग्रहण गर्दै नव नियुक्त संवैधानिक निकायका पदाधिकारीहरु । तस्विर : प्रदीपराज वन्त / रासस

सभामुख सापकोटा भन्छन्, ‘संविधान मिचेको साक्षी कसरी बस्नु !’
सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक आयोगका पदाधिकारीहरुको पद तथा गोपनीयताको शपथ बहिष्कार गरेका छन् । बुधबार राष्ट्रपति कार्यालयमा नवनियुक्त ३४ जना संवैधानिक आयोगका पदाधिकारीहरुको शपथमा सभामुख सापकोटा अनुपस्थित रहेका हुन् ।
सभामुख सापकोटा निकट स्रोतले दिएको जानकारी अनुसार संविधान मिचेको साक्षी बन्न उनी अनुपस्थित रहेका हुन् ।

‘निर्णय गर्ने बेलामा पनि सभामुख जानु भएको छैन । संविधानको धारा २९२ ले संदीय सुनुवाइ नगरी परिषद्को सिफारिसहरुलाई सदर गर्न दिँदैन । नियुक्त गर्न मिल्दैन । उहाँ अनुपस्थित भए पनि सिफारिस गर्न मिल्ने गरी ल्याइएको अध्यदेश आँफैमा असंवैधानिक छ, त्यो उहाँले भन्नु भएकै छ । अध्यादेश ल्याउने, संसद् विघटन गर्ने अध्यादेशमा टेकेर निर्णय गर्ने र संसदीय सुनुवाइ नगरी नियुक्त गर्ने लगातारको श्रृंखला हो । र, यो प्रतिगमनको श्रृंखलामा राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीश जोडिनु आफैंमा आश्चर्य हो । आफैमा संलग्न भएर बनाएको संविधान मिच्ने श्रृंखलामा अहिले सभामुख भएको हिसावमा उहाँ जान मिलेन’, स्रोतले भन्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७