सोनिकाले स्टेजमै लुगा खोलेर देखाइन् (भिडियाेसहित)  


५ फाल्गुन २०७४, शनिबार
sonika rokaya

काठमाडौं, ५ फागुन  । वाउ नेपालका सन्चालिका एवं हट डान्सर सोनिका रोकायाले कोरियाको एक कार्यक्रममा लुगा खोलेर नै दर्शकलाई  तताएका छन् । काेरियाकाे  नयाँ वर्षमा अवसरमा गुल्मी सम्पर्क समिति दक्षिण कोरियाको आयोजना शुक्रबार सोलमा भएको ‘रेसुङ्गा सांगीतिक झलक भाग-३’ काे कार्यक्रममा रोकायाले दमदार प्रस्तुतिसँगै सबै दर्शकलाई झुमाए ।sonika rokaya

सोनिकाले कोरिया बस्ने नेपालीहरूकाे सामाजिक सञ्जालमा चर्को विवादका बीच प्रस्तुति दिएकी थिइन् । उनी यसअघि पत्रकार रवि लामिछानेलार्इ उडाएर सामाजिक सञ्जालमा विवादित बनेकी थिइन् ।

गुल्मीको अनाथ बालबालिकाको शिक्षा र कोरियामा लुम्बिनी आवासगृह निर्माणको सहयोगार्थ   गरिएकाे कार्यक्रममा दर्शकको उल्लेख्य सहभागिता रहेकाे अायाेजकले जानकारी दिए ।

कार्यक्रममा गायक सुगम पोखरेलले ‘भन्छु आज’, ‘म यस्तो गीत गाउँछु’, ‘ए मेरो हजुर २ को कसम हो कसम’, ‘तिमी रोएको पल तिमीलाई बनाउन नसकाउला’, ‘धाराको पानी’, लगायतका गीतहरू गाउँदै दर्शकलाई मनोरञ्जन दिए । त्यस्तै लोक गायक बम बहादुर कार्कीले ञपानको पातझ लगायतका गीत गाए ।

https://www.youtube.com/watch?v=eVryk3Agb3E&feature=youtu.be

यसै गरी कार्यक्रममा चर्चित गायक सुगम पोखरेल,नेपाल आइडलमा स्पर्धा गरेर चर्चामा रहेकी केन्जल मेहर श्रेष्ठ, हास्यकलाकार विल्सन विक्रम, चर्चित प्रस्तोता तथा मोडल सोनिका रोकाया, लोकदोहोरी गायक खुमन अधिकारी, बम बहादुर कार्की, रुपा घर्ती मगर सहित स्थानीय कलाकार चरित्र विष्ट, टिका पौडेल, राजु नेपालले धमाकादार प्रस्तुति दिएका थिए भने नेपाल मगर सङ्घ कोरियाले पनि आफ्नो प्रस्तुति दिएको थियो।

कार्यक्रममा बसन्ती रानाले पनि आकर्षक नृत्य दिएकी थिइन् । कार्य क्रममा खुमन अधिकारी,   बम बहादुर कार्कीको निरन्तरतक साँगेतिक प्रस्तुतिले दर्शकले पनि स्टेज अगाडि नृत्य गर्दै कार्यक्रमलाई तताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७