शपथमा नगएका रामकृष्ण तिमल्सिना भन्छन्, ‘अहिलेको परिस्थिति नियुक्तिका लागि उपयुक्त होइन, त्यसैले अस्वीकार गरें’


२२ माघ २०७७, बिहीबार
ramkrishna2021 02 04 03 01 46

काठमाडौं, २२ माघ । अध्यादेशमार्फत ऐन संशोधन गरेर ३० मंसिरमा बसेको संंवैधानिक परिषद्को बैठकले ३८ पदमा नियुक्त गरेको थियो । जसमध्ये ३२ लाई नियुक्त गरिएको छ । केहीले नियुक्ति अस्वीकार गरेका छन् भने केही ‘प्राविधिक कारण’ भन्दै शपथग्रहणमा उपस्थित भएनन् ।

नियुक्त सिफारिस भएकामध्ये दुई जनाले सुरुमै बहिष्कार गरेका थिए । समावेशी आयोगको सदस्यमा सिफारिस भएका रामकृष्ण तिमल्सिना तथा दलित आयोगको सदस्यमा सिफारिस भएका परशुराम रम्तेलले नियुक्ति अस्वीकार गरेका हुन् ।

‘मलाई समावेशी आयोगको सदस्यमा सिफारिस गरिएको थियो, त्यो पदका लागि म उपयुक्त व्यक्ति होइन । त्यसैले पद अस्वीकार गरेको हुँँ,’ उनले भने, ‘दोस्रो, कुरा अहिलेको परिस्थिति पनि नियुक्तिका लागि उपयुक्त होइन भन्ने निष्कर्ष मेरो छ । सोही कारणले नियुक्ति सिफारिस सार्वजनिक भएकै भोलिपल्ट मैले यसलाई अस्वीकार गरिसकेको थिएँ ।’

समावेशी आयोगको अध्यक्षमा सिफारिस भएका मानबहादुर खत्रीले पनि बुधबार शपथ लिएनन् । थारू आयोगको सदस्यमा नियुक्त भएका विकास चौधरी, जनजाति आदिवासी आयोगका सदस्यमा नियुक्त मेन्चुङ लामा, थारू आयोगको सदस्यमा नियुक्त बबिता चौधरीको बुधबार शपथ हुन सकेन । प्राविधिक कारणले उनीहरूको शपथ हुन नसकेको बताइएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७