म्यानचेस्टर सिटी र लेष्टर विजयी, लिभरपुल पराजित


२२ माघ २०७७, बिहीबार
116806752 whatsubject

काठमाडौं, २२ माघ । इङलिस प्रिमियर लिग फुटबलमा गए राति शीर्ष स्थानको म्यान्चेस्टर सिटी विजयी हुँदा साविक विजेता लिभरपुल पराजित भएको छ ।

लगातार १३ औं जित निकाल्ने क्रममा म्यान्चेस्टर सिटीले बर्न्लेलाई २–० ले हरायो । सिटीको जितमा ग्याब्रियल जिसस र राहिम स्टर्लिङले एक एक गोल गरे । जितसँगै म्यान्चेस्टर सिटीले तालिकामा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडसँग ३ अंकको अग्रता लिएको छ । २१ खेलबाट म्यान सिटीको ४७ अंक छ भने एक खेल बढी खेलेको म्यान्चेस्टर युनाईटेडको ४४ अंक छ ।

तेस्रो स्थानको लेष्टर सिटीको ४२ अंक छ । गएराति भएको खेलमा लेष्टर सिटीले फुल्हमलाई २–० ले हरायो । प्रिमियर लिगमा २२ खेलबाट ४० अंक जोडेको लिभरपुल चौथो स्थानमा झरेको छ ।

गए रातिको खेलमा लिभरपुललाई ब्राइटनले १–० ले पराजित गर्‍यो । प्रिमियर लिगकै अर्को खेलमा एभर्टनले लिड्स युनाईटेडलाई २–१ ले हराउँदा वेष्ट ह्याम युनाईटेडले एस्टन भिल्लामाथि ३–१ को जित निकाल्यो । प्रिमियर लिगमा आज राति लण्डन शहरका दुई प्रतिद्धन्दी चेल्सी र टोटनह्याम हट्सपर भिड्ने छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७