सेनाको नजरबन्दमा रहेकी नेत्री सुचीविरुद्ध विभिन्न अभियोग दर्ता, फागुन ३ सम्म हिरासतमै


२२ माघ २०७७, बिहीबार
suki 1

काठमाडौं, २२ माघ । सेनाको नजरबन्दमा रहेकी म्यानमारकी जननिर्वाचित नेत्री आङ सान सुचीविरुद्ध प्रहरीले विभिन्न अभियोग दर्ता गराएको छ । प्रहरीका दस्तावेजअनुसार उनलाई फेब्रुअरी १५ तारिखसम्म हिरासतमा राखिनेछ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नेत्री सूचीलाई आयात तथा निर्यातसम्बन्धी कानुन उल्लंघ गरेको र सञ्चारका अवैध उपकरण राखेकोलगायत अभियोग लगाइएका हुन् । म्यानमारमा सेनाले सत्ता आफ्नो हातमा लिँदै नेत्री सुची, राष्ट्रपतिलगायत प्रजातान्त्रिक नेताहरूलाई नियन्त्रणमा राखेको छ ।

नेत्री सुचीलाई कहाँ राखिएको छ भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन । तर कतिपय विवरणअनुसार उनलाई राजधानी नेपिद्अस्थित निवासमै नजरबन्दमा राखिएको छ । पदबाट हटाइएका म्यानमारका राष्ट्रपति विन मिनविरुद्ध पनि प्रहरीले अभियोग दर्ता गरेको छ ।

अपदस्त राष्ट्रपति विन मिनमाथि पनि थुप्रै आरोप लगाइएको छ । दस्तावेज अनुसार उनीमाथि कोभिड–१९ महामारीका बेला मानिसहरु जम्मा हुन लगाइएको प्रतिबन्धको नियमको उल्लंघन गरेको आरोप लगाइएको छ । उनलाई पनि दुई हप्ताका लागि प्रहरी हिरासतमा पठाइएको छ ।

एक फेब्रुअरीमा सेनाले सत्ता आफ्नो हातमा लिएपछि न त आङ सान सूचीको तर्फबाट न नै राष्ट्रपति विन मिनको तर्फबाट कुनै बयान आएको छैन, न नै उनीहरुलाई कतै सार्वजनिक रुपमा देखिएको छ ।

सैन्य कूको अगुवाई गर्ने सेनाका जनरल मिन आन हाइङ्गले देशमा एक वर्षको आपतकाल लगाइदिएका छन् । यतिबेला देशको कामकाज हेर्नका लागि ११ सदस्यको एक सैन्य सरकार छानिएको छ । उनीविरुद्ध कोरोना महामारीबीच भेलासम्बन्धी नियम उल्लंघन गरेको अभियोग लगाइएको हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७