वडाध्यक्ष निधनको शोकमा गाउँपालिका र मातहतका कार्यालय बन्द


२२ माघ २०७७, बिहीबार
1612356877 zYRWt

मुग्लिन, २२ माघ । चितवनको इच्छाकामना गाउँपालिका र गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय आज एक दिन बन्द हुने भएका छन् ।

वडा नं ४ का वडाध्यक्ष होमबहादुर रानामगरको निधनको शोकमा सबै कार्यालय बन्द गरिने भएका हुन् । वडाध्यक्षको निधनप्रति शोक व्यक्त गर्दै कार्यपालिकाको बैठकले गाउँपालिका र गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय आज बन्द गर्ने निर्णय गरिएको अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन् ।

कलेजोमा समस्या देखिएपछि लामो समयदेखि उपचारत रहेका ३८ वर्षीय वडाध्यक्ष रानामगरको उपचारकै क्रममा मङ्गलबार राति भारतको मेदान्त अस्पतालमा निधन भएको थियो । उनका श्रीमती र एक छोरी छन् । रानामगर नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७