नेकपाको आम हड्ताल : सातदोबाटोको प्रदर्शनमा प्रचण्ड (तस्विरहरु)


२२ माघ २०७७, बिहीबार
prachanda protest 20210204033215

काठमाडौं, २२ माघ । प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा गरिएको असंवैधानिक नियुक्तिको विरोधमा बिहीबार आम हड्ताल घोषणा गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले बिहानैदेखि प्रदर्शन चर्काएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सातदोबाटोको प्रदर्शनमा सहभागी भएका छन् । सातदोबाटोमा प्रचण्ड, देव गुरुङलगायत नेता–कार्यकर्ता सहभागी छन् । आजको आमहड्तालमा नेकपाको सबै शीर्ष नेता प्रदर्शनको नेतृत्वमा उत्रिएका छन् ।

narayankaji

बिहीबार बिहानै काठमाडौं गोंगबुमा ट्याक्सी जलाइएको छ । प्रदेश नम्बर ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमाथि आगजनी भएको हो । आगजनीबाट ट्याक्सीमा पूर्णरुपमा क्षति पुगेको छ । यसैबीच बन्द गराउन कलंकी पुगेकी नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य शाक्य, हितमान शाक्य, अमृता थापा लगायतका नेता पक्राउ परेका छन् । प्रहरीले काठमाडौं उपत्यकाभित्रबाट ८० भन्दा बढीलाई पक्राउ गरिसकेको छ ।

EtWJ53lWYAQZas7

बिहीबार बिहानैदेखि नेकपाका नेता तथा कार्यकर्ता प्रदर्शन गर्न सडकमा उत्रिएका छन् । उपत्यका विभिन्न चोकमा नेकपाका शीर्ष नेताको नेतृत्वमा प्रदर्शन भइराखेका छन् । गृह मन्त्रालयले बिहीबार निर्धक्क भएर आफ्नो पेशा व्यवसाय गर्न आम नागरिकलाई आग्रह गरेको थियो ।

मन्त्रालयले बुधबार साँझ विज्ञप्ति सार्वजनिक गर्दै मन्त्रालयले दैनिक रूपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने बताए पनि बिहानैबाट तोडफोड र आगजनी सुरु भएको हो ।

aasta 1

पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपाको एउटा समूह सडकमा पुगेको छ । अध्यक्ष पुष्पमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहले संसद विघटनको विरोधमा सडक आन्दोलन चर्काएको हो ।

प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन भएको अवस्थामा सरकारले संवैधानिक नियुक्ति र जिम्मेवारी दिएपछि प्रचण्ड नेपाल समूहले सरकारको विरोधमा बिहीबार आम हड्ताल घोषणा गरेको हो । आम हड्ताललाई सफल बनाउन प्रचण्ड–माधव पक्षले राजधानीका विभिन्न ११ स्थानका लागि हड्तालका कमाण्डर तोकेको थियो ।
कुन नेता कहाँ ?

birosh 0422021024204 1000x0 1

कलङ्की– युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य

बल्खु– बेदुराम भुसाल

सातदोबाटो– देव गुरुङ

पुल्चोक– पम्फा भुसाल

कोटेश्वर– लीलामणि पोखरेल

चाबहिल– वर्षमान पुन र हरिबोल गजुरेल

नारायणगोपालचोक– महाराजगञ्जमा शक्ति बस्नेत

गोंगबु– भीम रावल

बालाजु– रघुजी पन्त

रत्नपार्क– नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७